+
+

प्रोफेशनल बक्सिङमा सहभागी नेपाली मुक्केबाजहरू विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १३:५९

१२ चैत,  काठमाडौं । लुम्बिनीमा भएको युनाइटेड प्रोफेशनल बक्सिङ फाइट क्लब नेपाल एडिशनमा नेपालबाट सहभागी तिनै जना मुक्केबाजले जित हात पारेका छन् ।

शनिबारराति सम्पन्न खेलमा नेपाल र भारतका गरी १६ जना खेलाडीहरु सहभागी थिए ।

नेपाली मुक्केबाजहरु लक्ष्मण राईले ५० केजी तौल समुहमा भारतका मुक्केबाज शुभम चौहानलाई ३-० अंकको आधारमा हराए ।

यस्तै शुलभ मालाकारले ५७ केजी तौल समुहमा भारतका मुक्केबाज बिनय चौहानलाई नकआउटको आधारमा र मनोज तामाङले ७६ केजी तौल समुहमा भारतमा मुक्केबाज कुल्दिप सिंहलाई टेक्निकल नकआउटको आधारमा जित हासिल गरेका थिए ।

नेपाल प्रोफेशनल बक्सिङ संघलका अध्यक्ष राजन प्रजापतिले  यस्ता प्रतियोगिताले खेलाडीको हौसला बढाउने बताए ।  संघको तत्वावधानमा युनाइटेड प्रोफेशनल बक्सिङ क्लबले टाइगर प्यालेस रिसोर्ट लुम्बिनीमा यो प्रतियोगिता आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?