१२ चैत, काठमाडौं । लुम्बिनीमा भएको युनाइटेड प्रोफेशनल बक्सिङ फाइट क्लब नेपाल एडिशनमा नेपालबाट सहभागी तिनै जना मुक्केबाजले जित हात पारेका छन् ।
शनिबारराति सम्पन्न खेलमा नेपाल र भारतका गरी १६ जना खेलाडीहरु सहभागी थिए ।
नेपाली मुक्केबाजहरु लक्ष्मण राईले ५० केजी तौल समुहमा भारतका मुक्केबाज शुभम चौहानलाई ३-० अंकको आधारमा हराए ।
यस्तै शुलभ मालाकारले ५७ केजी तौल समुहमा भारतका मुक्केबाज बिनय चौहानलाई नकआउटको आधारमा र मनोज तामाङले ७६ केजी तौल समुहमा भारतमा मुक्केबाज कुल्दिप सिंहलाई टेक्निकल नकआउटको आधारमा जित हासिल गरेका थिए ।
नेपाल प्रोफेशनल बक्सिङ संघलका अध्यक्ष राजन प्रजापतिले यस्ता प्रतियोगिताले खेलाडीको हौसला बढाउने बताए । संघको तत्वावधानमा युनाइटेड प्रोफेशनल बक्सिङ क्लबले टाइगर प्यालेस रिसोर्ट लुम्बिनीमा यो प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतिक्रिया 4