
१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीबाट सरकारमा को को जाने भन्ने नटुंगिएको बताएका छन् ।
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय पनि टुंगो नलागेको बताए । ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट औपचारिक रुपमा को–को जाने, कसले नेतृत्व गर्ने भन्ने बारेमा औपचारिक निर्णय भइसकेको छैन’ उनले भने ।
अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालय लिने भन्ने पनि नटुंगिएको खड्काले बताए । उनले आगामी ३ दिन भित्रमा सरकारले पूर्णता पाउने दाबी गरे ।
‘मलाई लाग्छ २/३ दिनभित्रमा यसले पूर्णता पाउँछ । सहमतिमा, सबैको सहभागिता, सबैको उचित प्रतिनिधित्व हुने गरी हामी सहमतिको आधारमा यो कुरालाई टुंग्याउँछौं’ उपसभापति खड्काले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4