+
+

टी-२० मा कीर्तिमानी लक्ष्य पूरा गर्दै दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते २१:५८

१२ चैत, काठमाडौं । टी-२० क्रिकेट इतिहासमै सर्वाधिक लक्ष्य पूरा गर्दै दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई पराजित गरेको छ ।

क्विन्टन डे कक र रेजा हेन्ड्रिक्सको अर्धशतकमा दक्षिण अफ्रिकाले आइतबार २५९ रनको लक्ष्य पूरा गर्दै वेष्ट इन्डिजलाई ६ विकेटले हरायो ।

सेन्चुरियनमा भएको खेलमा दक्षिण अफ्रिकाले २५९ रनको लक्ष्य ७ बल अगावै ४ विकेट गुमाएर पूरा गर्‍यो । जितपछि दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

ठूलो लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका लागि ओपनरद्वय डे कक र रेजाले पहिलो विकेटका लागि १०.५ ओभरमै १५२ रनको साझेदारी गरेका थिए ।

डे ककले ४४ बल खेल्दै ९ चौका र ८ छक्का मदतमा १०० रन बनाए । रेजाले २८ बलमा ११ चौका र २ छक्का प्रहार गरी ६८ रन जोडे ।

कप्तान एइडन मारक्रमले २१ बलमा अविजित ३८ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे ।

हेनरिच क्लासेनले ७ बलमा ३ चौका मद्दतमा अविजित १६ रन बनाए । राइले रुसोले १६ र डेविड मिलरले १० रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले जोहनसन चार्ल्सको शतकमा ५ विकेट गुमाएर २५८ रन बनाएको थियो । चार्ल्सले ४६ बल खेल्दै १० चौका र ११ छक्का मद्तमा ११८ रन बनाएका थिए ।

ओपनर कायल मेयर्सले २७ बलमा ५१ रन बनाए ।

यस्तै कप्तान रोभमन पावेलले १९ बलमा २८ रन जोडे । रोमारियो सेफर्डले १८ बल खेल्दै १चौका र ४ छक्का मद्दतमा अविजित ४१ रन बनाए ।

दक्षिण अफ्रिकाका मार्को जानसेनले ३ र वायने पार्नेलले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?