१३ चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटनहमको व्यवस्थापकीय जिम्मेवारीबाट एन्टोनियो कोन्टे अलग भएका छन् । क्लब सम्हालेको १६ महिनामै उनी जिम्मेवारीबाट अलग भएका हुन् ।
टोटनहमले २०७८ साल कात्तिकमा कोन्टेलाई प्रशिक्षक नियुक्त गरेको थियो । उनले आपसी सहमतिमा टोटनहम छाडेको बीबीसीले जनाएको छ ।
साउथह्याम्पटन विरुद्धको खेल बराबरीमा टुंगिएपछि कोन्टेले क्लब र आफ्ना खेलाडीको कडा आलोचना गरेका थिए ।
टोटनहम लिगको चौथो स्थानमा छ । तर सबै कप प्रतियोगिताबाट बाहिरिसकेको छ ।
अब कोन्टेको जिम्मेवारी उनका सहायक क्रिस्टियन स्टेलिनीले सम्हाल्ने बीबीसीले जनाएको छ ।
प्रतिक्रिया 4