
१३ चैत, काठमाडौं । ट्युनिसियामा प्रवासीहरु सवार डुंगा डुब्दा २९ जनाको मृत्यु भएको छ । भूमध्यसागर पार गरेर इटली जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।
ट्युनिसियाको नेशनल गार्डका प्रवक्ता होसमेद्दीन जेब्बालीले आइतबार दिएको जानकारी अनुसार डुंगा दुर्घटनामा २९ जनाको मृत्यु भएको र ११ जनालाई जीवितै उद्धार गरिएको छ । उक्त डुंगामा कति जना चढेका थिए भन्ने अझै एकिन हुन सकेको छैन ।
ट्युनिसियाको बंदरगाह स्फेक्समा पछिल्लो दुई दिनमा पाँच डुंगा डुबेका छन् र त्यसमा सवार ६७ जनाको अवस्था अज्ञात छ ।
कामको खोजीमा मानिसहरु भूमध्य सागरको सबैभन्दा खतरनाक मानिने जलमार्ग हुँदै युरोप प्रवेश गर्दछन् । ट्युनिसिया हुँदै जाने त्यही जलमार्गमा प्राय डुंगा दुर्घटना हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4