
१३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड २५ लख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार सोमबार उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो ।
सोमबार ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ (फ्रेसं नयाँ ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै १७ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल भने नवीकरणको लागि बोलकबो हुन लागेको हो ।
सोमबार २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गर्न लागिएको केन्द्रिय बैंक्ले जनाएको छ । यस्तै ९१ दिन अवधिको ५ अर्बको नयाँ ट्रेजरी बिल जारी हुँदै भने ९१ दिन अवधिकै ६ अर्बै ५० करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुँदैछ ।
यस्तै ९१ दिन अवधिको ६० करोड रुपैयाँ बराबर र ३६४ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल पनि नवीकरणको लागि सोमबार बोलकबोल हुन लागेको हो ।
यसअघि ६ चैतमा भएको बोलकबोलमा २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ८.६८ प्रतिशत कायम हुँदा ९१ दिन अवधिको ट्रेजरी बिलको ९.४२ प्रतिशत, १८२ दिन अवधिको ट्रेजरी बिलको ९.४१ प्पतिशत र ३६४ पदिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ९.६० प्रतिशत कायम भएको थियो ।
एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
प्रतिक्रिया 4