
१३ चैत, काठमाडौं । लामो समयदेखि सार्वजनिक रुपमा नदेखिएका चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा होङझाउको एक स्कुलमा देखिएका छन् ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार उनी एक वर्षभन्दा लामो समयदेखि विदेशमा थिए र उनी हालै मात्र चीन फर्किएका हुन् ।
उनी आफैंले २०१७ मा स्थापना गरेको स्कुलमा देखिएका हुन् । उनले सोमबार स्कुलका शिक्षकका साथै विद्यार्थीहरुसँग भेट गरेका छन् ।
५८ वर्षका ज्याक माले सन् २०२० मा चीनको आर्थिक नीतिको आलोचना गरेका थिए, त्यसपछि उनी सार्वजनिक रुपमा कम देखिएका हुन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार ज्याक माले विभिन्न देश घुमेर कृषिको प्रविधिबारे जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4