१३ चैत, काठमाडौं । हिमालयन शेर्पा १३औं जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार साँझ भएको खेलमा सातदोबाटो युथ क्लबलाई २-१ गोलले पराजित गर्दै हिमालयन शेर्पा अन्तिम चारमा प्रवेश गरेको हो ।
पहिलो हाफमा अग्रता बनाए पनि जोगाउन नसक्दा सातदोबाटो प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो हाफको ३५औं मिनेटमा सात दोबाटोका कप्तान सुदिप गुरुङले टिमलाई अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफको इन्ज्युरी समयमै हिमालयन शेर्पाका सुशील राईले बराबरी गोल फर्काए ।
दोस्रो हाफको अन्तिम समयमा हिमालयन शेर्पाका अफ्रीकी खेलाडी अवायोमीले उत्कृष्ट हेडर गोल गर्दै खेल जिताए ।
प्रतियोगिताको दोस्रो संस्करणमा उपाधिजितेको हिमालयन शेर्पाले अब फाइनल प्रवेशका लागि बुधबार हुने पहिलो सेमिफाइनलमा मोफसलको टिम मकवानपुर ११ सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4