
१४ चैत, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १३ सय ५५ रुपैयाँ तोकेको छ ।
हिजो एक लाख ९ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ८ हजार ५ सयमा तेजावी सुन र चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4