
खाडीमा भेटौंला लेखिएको टिसर्टले
युवाहरुको विवशता देखायो
अध्यागमनका लामा लाइनहरुले
तिम्रा फुस्रा भाषणहरुको स्तर नाप्यो
तिमीले जे रोप्यौ, हामीले त्यही पाएका छौं
तिमीले टन्न पेट भर्यौ होला
परदेशमा हामीले निस्तो भात खाएका छौं
तिमी सपना देखाऊ, चटक देखाऊ
हामी तिम्रै पछि लाग्छौं, सपना पनि देख्छौं
कक्षा दश सक्दा नसक्दै
पार्सपोर्ट बनाउने लाइनमा आफ्नै नाम लेख्छौ
बरु यसो गर,
हामीलाई कक्षाकार्य, गृहकार्यहरुमा
विदेशी मजदुर बन्न सिकाऊ, गुलाम बन्न सिकाऊ
दया गर हामीमाथि, अलि महंगोमा बिकाऊ
बिक्री गर्नु तिम्रो धर्म हो, पुरुषार्थ हो
बिक्री हुनु हाम्रो विवशता हो, नियति हो ।।
–जितपुरसिमरा–१, बारा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4