
१४ चैत, गुल्मी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरेका छन् ।
सोमबार नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रममा आएका ओलीले मंगलबार रेसुंगा क्षेत्रको भ्रमण गरेका हुन् ।
रेसुङ्गा क्षेत्रमा ओलीसँगै उनकी पत्नी राधिका शाक्य, एमाले नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट पनि रेसुङ्गा पुगेका थिए ।
रेसुङ्गामा ओलीले यो क्षेत्र आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा रहेको बताए ।
हिन्दु धर्मशास्त्र रामायणको प्रसंग उठाउँदै उनले राजा दशरथका सन्तान नभए पछि अयोद्या पुगेर ऋषि ऋष्यशृंगको सुझाव अनुसार पुत्रेष्टि महायज्ञ गरेको बताए ।
रेसुङ्गा क्षेत्र ऋषि ऋष्यशृंगले तपस्या गरेको स्थल भन्दै ओलीले चिन्तक, दार्शनिक र सभ्यता सुरु गर्नेहरुको स्थल भएको बताए ।
ओलीले गुल्मीकै अर्को धार्मिक क्षेत्र रुरुको पनि अवलोकन गरेका छन् । रुरुक्षेत्रमा उनले बनेको तीन मुखे पुलको पनि अवलोकन गरेका छन् । ओली मंगलबार गुल्मीका कार्यक्रम सकेर पाल्पाको कार्यक्रममा गएका छन् ।
प्रतिक्रिया 4