१४ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटानसँगको खेलका लागि नेपालको पहिलो रोजाईमा अञ्जन विष्ट परेका छन् ।
प्रशिक्षक अल्बर्टो एनेसले लाओससँग खेलेको टोलीमा १ परिवर्तन गर्दै भरत खवासको ठाउँमा अञ्जनलाई स्टार्टिङ लाइन अपमै मैदान उतारेका हुन् ।
यसअघि लाओससँगको खेल नेपालले २–० ले जितेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो ।
त्यसैले आज ६ बजेपछि सुरु हुने भुटानसँगको खेलमा बराबरी भए पनि नेपाल फाइनलमा पुग्ने छ ।
भुटानलाई भने फाइनलमा पुग्नका लागि नेपालसँगको खेल जित्नु पर्ने छ ।
नेपालको प्लेइङ ११ : किरण कुमार लिम्बू, विकास खवास, अनन्त तामाङ, नवीन लामा, एरिक बिष्ट, अञ्जन विष्ट, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ र रोहित चन्द
प्रतिक्रिया 4