
१४ चैत, काठमाडौं। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिले समानुपातिकसहित गरेर पूर्ण स्ववियु कार्यसमितिको नामावली सार्वजनिक गरेको छ ।
निर्वाचन समितिको अनुसार अध्यक्षमा श्यामराज ओझा, उपाध्यक्षमा अनोज कार्की, र सहायक सचिवमा दिनेश कार्की निर्वाचित भएपछि कार्यसमितिले पूर्णता पाएको हो।
उपाध्यक्षमा नेविसंघबाट र सहायक सचिवमा स्वतन्त्र समूहबाट निर्वाचित भएका छन् । सदस्यमा विभिन्न संगठनहरुबाट अग्निप्रसाद शर्मा, कल्पना खतिवडा लगायत निर्वाचित भएका छन् ।
२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
हेर्नुहोस् त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु पदाधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4