१५ चैत, काठमाडौं । कप्तान केभिन डे ब्रुएनाले उत्कृष्ट प्रदर्शन गरेपछि मैत्रीपूर्ण खेलमा बेल्जियमले जर्मनीलाई ३-२ ले पराजित गरेको छ ।
मंगलबार राति जर्मनीको कोलोनस्थित रेइन इनर्जी स्टेडियममा भएको खेलमा डे ब्रुएनाले एक गोल गर्नुका साथै दुई असिस्ट गरे ।
खेलको छैटौं मिनेटमा यानिक कारास्को र नवौं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुमै दुई गोलको अग्रता दिलाएका थिए । दुवै गोलका लागि डे ब्रुएनाले असिस्ट गरेका थिए ।
४४औं मिनेटमा जर्मनीका निकलस फुलकर्गले पेनाल्टीमा गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए ।
७८औं मिनेटमा डे ब्रुएनाले गोल गर्दै बेल्जियमलाई ३-१ को अग्रता दिलाए । जर्मनीका लागि सर्जी जीनाब्रीले ८७औं मिनेटमा गोल गरे पनि जर्मनीका लागि हार टार्न पर्याप्त भएन ।
प्रतिक्रिया 4