
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारीको बेला गैरसरकारी संस्थाले महत्वपूर्ण सहयोग गरेको बताएका छन् ।
गुड नेवर्स इन्टरनेसनल नेपालको २० औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले विभिन्न संघसंस्थाले जीवन रक्षाका लागि गरेको सहयोग प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त रावतले विकासका साझेदार संस्थाले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरिएका प्रतिबद्धतालाई पूरा गर्न सहयोग गरिरहेको बताए ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले नेपालका २२ जिल्लाका गरिब र सीमान्तकृत वर्गका बालबालिकाको सुनौलो भविष्यका लागि गुड नेवर्स इन्टरनेसनलले नेपालका संघसंस्थासँग हातेमालो गर्दै काम गर्दै आएकोमा धन्यवाद दिए ।
कार्यक्रममा गुड नेवर्स इन्टरनेसनलका देशीय निर्देशक जे क्युङ रोले २० वर्षको अवधिमा बालबालिकाको जीवनस्तर सुधार गर्न सीमान्तकृत, संकटाभिमुख समुदाय र विपन्न परिवारका बालबालिका लक्षित गरी २२ जिल्लाका ४३ हजारभन्दा बढी बालबालिकालाई मद्दत पु¥याएको बताए ।
प्रतिक्रिया 4