
१५ चैत, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले २६ मार्चदेखि २८ अक्टोबरसम्मका लागि वायुसेवा कम्पनीहरुका लागि समर सेड्युल स्वीकृत गरेको छ ।
स्वीकृत तालिका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च चापमा वायुसेवा कम्पनीहरुलाई स्वीकृति दिइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि कुनै पनि वायुसेवा कम्पनीले अनुमति लिएनन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भने जजिरा र नेपाल एयरलाइन्सले अनुमति लिएका छन् । जजिराले सोमबार, बुधबार र शुक्रबार गौतमबुद्ध विमानस्थल भैरहवाका लागि उडान तालिका लिएको छ । जजिराको जहाज कुवेतबाट भैरहवा आउँछ । नेपाल एयरलाइन्सले भने सोमबार र शुक्रबार काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडान गर्ने गरी तालिका स्वीकृत गरेको छ ।
यसबाहेक समर सेड्यूलका लागि अन्य वायुसेवा कम्पनीले नेपालका दुई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तालिका नलिएको प्राधिकरणले जनाएको छ ।
स्वीकृत तालिका अनुसार नेपालका तीन (नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर)सहित कुल २८ वटा वायुसेवा कम्पनीले नेपालमा उडानका लागि अनुमति लिएका छन् । बुद्धले काठमाडौंबाट बनारसमा उडान गर्ने गरी तालिका स्वीकृत गरेको छ । आन्तरिक तथा बाह्य सबै वायुसेवा कम्पनीको आकर्षण काठमाडौंमा हुँदा काठमाडौंको आकाशमा भने ट्राफिक चाप बढेको छ ।
हेर्नुहोस् तालिकाः
प्रतिक्रिया 4