
काठमाडौं । यदि तपाइँ कम्प्युटर वा स्मार्टफोनमा इन्टरनेट चलाउनुहुन्छ भने इनकग्निटो मोडका बारेमा अवश्य पनि सुन्नुभएको होला । वास्तवमा यो सबैजसो वेब ब्राउजरमा भएको एक सुरक्षा फिचर हो ।
कहिलेकाहीँ हामीले इन्टरनेटमा विभिन्न गोप्य चिजहरु पनि खोजिरहेका हुनसक्छौँ । यदि तपाईँ आफूले गर्ने इन्टरनेट ब्राउजिङका विषयमा अरुले थाहा नपाउनु भन्ने चाहनुहुन्छ भने यस्तोमा incognito mode निकै उपयोगी हुन्छ ।
के इन्कग्निटो मोड सुरक्षित हुन्छ ?
यसबाट जुन कुरा हामीले इन्टरनेटमा सर्च गर्दछौँ त्यो अरु कसैलाई पनि थाहा हुँदैन त ?
अधिकांश वेब ब्राउजरले डिफल्ट रुपमै प्रयोगकर्ताले इन्टरनेट चलाउँदा लगअन गर्ने साइट तथा पेजहरुको रेकर्ड राख्ने गर्दछन् । त्यसैले आफ्नो हिस्ट्रीलाई रिस्टोर गरेर तपाईँले पछि इन्टरनेटमा ती सामग्रीहरु सजिलैसँग खोज्न तथा पुनः हेर्न सक्नुहुन्छ ।
तर इन्कग्निटो मोडमा यस्तो हुँदैन । यसको सेटिंग्सका लागि हरेक ब्राउजरमा फरक फरक नाम हुन्छ । क्रोममा यसको नाम इन्कग्निटो मोड रहेको छ भने माइक्रोसफ्ट एजमा यसको नाम प्राइभेट मोड राखिएको छ । त्यस्तै सफारीमा भने यो फिचरलाई प्राइभेट ब्राउजिङको नामले चिनिन्छ ।
यसले के लुकाउँछ ?
जब तपाईँ प्राइभेट ब्राउजिङ मोडमा इन्टरनेटमा कुनै कुरा सर्च गर्नुहुन्छ, तपाईँले सबै प्राइभेट ट्याब बन्द गरेसँगै ब्राउजरले वेबसाइटको हिस्ट्री डिटेल्स रेकर्ड गर्दैन । त्यसरी हटाइने सामग्रीमा ब्राउजिङ हिस्ट्री रहेको हुन्छ । इन्कग्निटो मोडमा इन्टरनेट चलाउँदा कुकिज पनि सेभ गरिँदैन जसमा तपाईँको लगइन जानकारी हुन्छ । तपाईँले लगअन गरेका वेबसाइटहरुको विवरण पनि ब्राउजरले राख्दैन ।
के के हो incognito mode प्रयोग गर्नु सुरक्षित हुन्छ ?
यसको प्रयोग सुरक्षित त हुन्छ तर यो पूर्णरुपमा गोप्य भने हुँदैन । इनकग्निटो मोड प्रयोग गर्नुभयो भने तपाईँको डिभाइस प्रयोग गर्ने व्यक्तिले इन्टरनेट सर्च हिस्ट्री थाहा पाउन त सक्दैन ब्राउजिङ आवश्यक पर्दा चाहीँ हेर्न सकिन्छ ।
किनकि तपाईँले प्रयोग गर्ने अधिकांश सर्ज इन्जिनले सर्चको रेकर्ड राख्दछन्, जबसम्म तपाईँले ती साइटलाई त्यस्तो रेकर्ड राख्नका लागि बन्देज गर्नुहुन्न ।
यदि तपाईँले कुनै स्कूल वा प्राइभेट नेटवर्कको प्रयोग गर्नुभएको छ भने त्यहाँको आइटी विभागले तपाईँको इन्टरनेट गतविधिको रेकर्ड हेर्न सक्दछ ।
त्यस्तै तपाईँको इन्टरनेट प्रदायकले पनि अनलाइन गतिविधिको रेकर्ड राख्न सक्दछ । यदि तपाईँमाथि फिल्महरुको अनलाइन पाइरेसी गरेको आरोप लाग्यो भने आरोपकर्ताले ब्रोडब्याण्ड इन्टरनेट प्रदायकसँग कानून मुताविक इन्टरनेट ब्राउजिङ गतिविधिको जानकारी माग्न सक्दछ ।
त्यस्तै यदि तपाईँले इनकग्निटो मोडमा रहेर ट्वीटर जस्ता साइट चलाउनुहुन्छ भने पूर्णरुपमा गुमनाम हुन सक्नुहुन्न । किनकी त्यस्ता साइटहरुले तपाईँका डाटाहरु अन्य वेबसाइटसँग शेयर गरेका हुन्छन् ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4