
१५ चैत, हेटौंडा । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठलाई दिइएको छ ।
प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि प्रवक्तामा नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया थिए । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएपछि श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
मन्त्रिपरिषद बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा.डा.नरबिक्रम थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसअघि माघ २४ गते आयोगको उपाध्यक्षमा नियुक्त भएका होमनाथ चालिसेले चैत ७ गते राजिनामा दिएका थिए ।
यसैगरि बैठकले आउँदो वैशाख १ गतेबाट बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालयहरुमा बिद्युतीय हाजिर लागू गर्ने तथा न्वागी र लदी पर्बको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय गरेको छ ।
प्रतिक्रिया 4