
१५ चैत, काठमाडौं ।सेतो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ ।
आज बुधबार मछिन्द्र बहालदेखि सुरु भएको रथयात्रा तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुगेको छ ।
भोलि बिहीबार असनबाट बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुने छ ।
यस्तै १७ गते हनुमानढोकाबाट चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ ।
चैत १८ गते लगन आमा रुख परिक्रमा गरिने छ भने चैत्र १९ गते लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मछिन्द्रबहालसम्म रथयात्रा हुने छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4