
१६ चैत, काठमाडौं । भारतका विदेशमन्त्री डा. एस जयशंकरले दक्षिण एशियाका देश एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । गत बुधबार इन्डिया इन्टरनेशनल सेन्टरको हीरक जयन्ती कार्यक्रममा विदेशमन्त्री जयशंकरले दक्षिण एशियालाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै भने, ‘छिमेक पहिले नीति भारतको लागि नारा मात्र होइन ।’
उनले भने, ‘यस कार्यक्रमले दक्षिण एशियाको क्षेत्रीय महत्वलाई रेखांकित गर्छ र हामी किन एकताबद्ध हुन आवश्यक छ भन्ने महत्त्वपूर्ण सन्देश दिन्छ। सजिलो र अप्ठ्यारो दुवै अवस्थामा हामी एकजुट हुन आवश्यक छ ।’
Pleased to attend the Diamond Jubilee celebrations of the India International Centre today evening.
The musical performance by the South Asian Symphony Orchestra conveyed a message of regional solidarity. pic.twitter.com/WNb1iXVuL4
— Dr. S. Jaishankar (@DrSJaishankar) March 29, 2023
उनले छिमेकी मुलुकहरूको नाम नलिई भने, ‘यो क्षेत्र निकै कठिन समयबाट गुज्रिरहेको छ । हामी हाम्रा छिमेकीहरूलाई हेर्न सक्छौं। हाम्रा धेरै छिमेकी राष्ट्रहरूले समस्याको सामना गरिरहेका छन् जसको लागि तिनीहरू जिम्मेवार छैनन् । यस्तो अवस्थामा हामी यस अवसरमा एकजुट हुन जरुरी छ ।’
मोदी सरकारको छिमेक नीतिबारे प्रकाश पार्दै उनले भने, ‘विदेश नीतिबारे छलफल गर्दा हामीले भन्ने छिमेकी पहिलो नीति नारा मात्र होइन । यो दस्तावेजमा उल्लेख गर्ने भन्दा यो क्षेत्रमा एक अर्कासँग उभिनुको महत्वलाई प्रष्ट पार्ने व्यवहारिक आवश्यकताको परिणाम हो ।’
दक्षिण एशियाली राष्ट्रहरू सँगै उभिएर एकअर्कालाई समर्थन र मद्दत गर्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया 4