
१६ चैत, काठमाडौं । तनहुँ-१ मा नेपाली कांग्रेसले गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । मतदान आगामी वैशाख १० गते हुँदैछ ।
भट्टराईले उपनिर्वाचनमा आफ्नो जित निश्चित रहेको बताए । गत निर्वाचनमा रामचन्द्र पौडेल भारी मतले जितेको क्षेत्र भएको भन्दै उनले भने, ‘अहिले पनि कांग्रेसको जित निश्चित छ । पहिले पनि कांग्रेसले जित्दै आएको ठाउँ हो । अहिले गठबन्धन पनि छ । त्यसैले पहिलेको भन्दा धेरै मत आउँछ । गठबन्धन दलका संरचना पनि एकताबद्ध भएर र क्रियाशील भएर यो उपनिर्वाचनमा भारी मतले निर्वाचित गराउन उत्सुक हुनुहुन्छ ।’
प्रतिक्रिया 4