
१६ चैत, काठमाडौं । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरेको दाबीसहित सर्वोच्च अदालत पुगेका नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानाका मुद्दा हेर्न नमिल्ने भएको छ ।
न्यायधीशहरू हरि फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको मुद्दा विहीबार सुनुवाइ नहुने भएको छ । अर्को पेशी तोएिको छैन ।
धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर बोर्ड अध्यक्ष रहँदा गैरकानुनी रुपमा छोरीका नाममा किनेको आरोपमा उनलाई सरकारले पदमुक्त गरेको थियो । अनुसन्धानबाट उनले भित्री कारोबार गरेको पुष्टि भएको थियो । आफूलाई कानुनविपरीत पदमुक्त गरिएको दाबीसहित उनी सर्वोच्च अदालत पुगेका थिए ।
उनले दायर गरेको मुद्दा एक वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ । भित्रि कारोबार र गैरकानुनी सेयर खरिद गरेको गैरकानुनी काम गरेको विषयमा ढुंगानामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।
ढुंगाना अदालतबाट सफाइ लिएर बोर्डमा फर्किने योजनामा छन् ।
प्रतिक्रिया 4