
१६ चैत, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उपप्राध्यापकदेखि रिसेप्सनिष्टसम्मका पदमा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
सामान्य व्यवस्थापन, वित्त शास्त्री र लेखा शास्त्री विषयमा उपप्राध्यापक माग भएको छ । यी विषयमा एक/एक जनाका लागि आवेदन माग भएको विश्वविद्यालयले जनाएको छ । मुख्य सहायक प्रशासन, मुख्य सहायक कम्प्युटर प्राविधिक र मुख्य सहायक रिसेप्सनिष्ट पदमा समेत क्रमशः १, २ र १ जनाका लागि आवेदन माग भएको छ । यी पदमा भने करारमा कर्मचारी भर्ना गर्न लागिएको छ ।
यी पदमा विश्वविद्यालयले यसअघि गत भदौमा समेत कर्मचारी मागेको थियो । त्यसबेला स्थगित भएको भर्ना प्रक्रियालाई पुनः आवेदन माग गरी विश्वविद्यालयले परिपूर्ति गर्न लागेको जनाएको छ । अब २३ चैतसम्म आवेदन दिन सकिने गरी विश्वविद्यालयले कर्मचारी मागेको हो । फारम मध्यपश्चिमाञ्चल विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट (मुसोम)को प्रशासनिक कार्यालयबाट दरखास्त फारम लिन सकिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया 4