+
+

स्टार्टअप उद्यम गर्ने सोचमा हुनुहुन्छ ? सरकारले माग्यो प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १३:१९

१६ चैत, काठमाडौं । स्टार्टअप उद्यम गर्ने सोचमा हुनुहुन्छ, तर आर्थिक सहायताको अभावले आँट गर्न सक्नु भएको छैन भने तपाईंका लागि खुसीको खबर छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग गरेको छ ।

यसका लागि सरकारले अघिल्लो साता स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ बनाएको थियो । उक्त स्टार्टअप कार्यविधि अनुसार २५ लाख रुपैयाँसम्मको कर्जा सरकारले दिने छ । जसको ब्याजदर ३ प्रतिशत मात्र हुने छ । यससँगै नेपालमा पहिलो पटक स्टार्टअपलाई सहुलियतपूर्ण ब्याजमा विना धितो कर्जा पाउने प्रक्रिया अगाडि बढेको हो ।

स्टार्टअपले अधिकतम ७ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म विना धितो कर्जा पाउने छन् । सोही अनुसार विभागले प्रस्ताव आह्वान गरेको हो । आजको २१ दिन भित्र उद्यमीहरुले आफ्नो प्रस्ताव कार्यविधिमा तोकिएको ढाँचामा उद्योग विभागमा पठाउनु पर्ने भएको छ ।

कार्यविधिमा तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएकाहरुले यसमा आवेदन दिन सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?