
१६ चैत, विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा रहेका राजनीतिक दल र संघसंस्थाले २५ चैतपछि ‘निर्णायक’ आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ गठन गरेका उनीहरुले पहिचानका आधारमा नामकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
समितिको बुधबार बसेको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मध्यनजर गर्दै परीक्षा पछाडि आन्दोलन चर्काउने निर्णय गरेको किरात राई यायोख्याका केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले बताए ।
पहिचान पक्षधरको आन्दोलनका क्रममा गत चैत ५ गते घाइते पदम लिम्बुको १० चैतमा उपचारका क्रममा मृत्यु भएको थियो ।
संघर्ष समितिको बैठकले लिम्बुलँई शहीद घोषणा र क्षतिपूर्तिको सुनिश्चित नगरेसम्म शव पोष्टमार्टम गर्न नदिने निर्णय पनि गरेको छ । राईका अनुसार चैत २५ गतेपछि विराटनगर केन्द्रित आन्दोलन हुनेछ ।
चैत २५ अगाडि गाउँ र जिल्ला जागरणका कार्यक्रम गर्ने, सांसदको बहिष्कार जारी राख्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4