
काठमाडौं । आईएमई लिमिटेड तथा आईएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरु मार्फत हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् ।
यस सेवा मार्फत देशभरि छरिएर रहेका आईएमईका हजारौं साझेदार एजेन्ट्ससँग यात्रुहरुले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने आईएमई ग्रुपले जनाएको छ ।
आईएमई ग्रुपका अनुसार साझेदार एजेन्टहरुले ‘आईएमई-एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाएको छ । यस सेवा मार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने विश्वास आइएमई ग्रुपको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4