+
+

जनगणनामा जातजाति, भाषा तथा धर्मबारे फिंजाइएका हल्ला भ्रामक : तथ्यांक कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १९:०२

१६ चैत, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनालाई जोडेर जातजाति, भाषा र धर्मबारे फिंजाइएका हल्लाहरु गलत भएको बताएको छ ।

कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्यांक सार्वजनिक गरेको छैन । तर, सामाजिक सञ्जालहरुमा यी तथ्यांकबारे गलत हल्ला फिजाइएको कार्यालयका उपप्रमुख तथा प्रवक्ता नेविनलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय तथ्यांक कार्यालयमा जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता भएका छन् । यसमा विज्ञ र संवैधानिक आयोगका प्रतिनिधिसँग कार्यालयले छलफल गरिरहेको छ । यस्तो उजुरी थरलाई जात कायम गर्ने, जात अनुसार मातृभाषा कायम गर्ने, ठाउँ अनुसार भाषा कायम गर्ने, २०६८ सालको जनगणनामा गणना भएका जातजातिलाई जोड्न र कतिपयलाई अलग गर्न उजुरी परेको हो ।

तर, पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धर्मसँग जोडिएर आएका विषय पूर्ण रुपमा गलत, भ्रामक र अन्योल सिर्जना गर्ने खालका भएको कार्यालयले जनाएको छ । जातजाति, भाषा र धर्मसम्बन्धी विवरणलाई अन्तिम रुप दिने काम भइरहेको र चाँडै सार्वजनिक गरिने समेत कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?