
१७ चैत, जनकपुरधाम । स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना धनुषामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–२ का ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह छन् ।
बिहीबार अपराह्न ४ बजेको समयमा धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुल्लाबाट दुवैजनालाई रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार भारतको जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं. २–०२–००३ प ७०४५ नं. को मोटरसाइकल चेक गर्ने क्रममा दुवैजनाको साथबाट स्रोत नखुलेको १४ लाख रकम बरामद गरिएको हो ।
मोटरसाइकल चालक जोगिन्द्रको साथबाट १० लाख र पछाडि सवार कृष्णको साथबाट ४ लाख रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4