
१७ चैत, भैरहवा । सन्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले सरकारले गौरव गर्नलायक कामको थालनी गरेको बताएकी छन् । अब सरकार विस्तारपछि नतिजा देखिने थप महत्वपूर्ण काम हुने उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर समिति रुपन्देहीले आज गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने, शहीदहरुको नाम राजपत्रका प्रकाशित गर्नेलगायत कामको थालनी सरकारले गरेको र यसमा गौरव गर्नुपर्ने बताइन् ।
सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनेदेखि मिटरब्याजलाई अपराध घोषणा गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, किसानको उत्पादनको समर्थन मूल्य तोक्ने लगायतका काम पनि सरकारले गरेको जानकारी उनले दिइन् ।
नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनलाई सम्बोधन गर्न मन्त्री शर्मा भैरहवा गएकी हुन् ।
प्रतिक्रिया 4