
१७ चैत, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने दाबी गरेका छन् ।
आज शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार भएपछि सरकारका कामले गति लिने बताए ।
‘यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु’, प्रचण्डले भने ।
प्रधानमन्त्री भएको ३ महिनामा उनले आज सातौं पटक मन्त्रिपरषद् विस्तार गरेका छन् र अझै मन्त्रिपरिषदलाई पूर्णता दिन भने सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4