
१७ चैत, सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले सबै दलहरुसँग विश्वासको मत माग्ने निर्णय गरेको छ ।
आज दिउँसो ३ बजे मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिन कार्यतालिका रहेको छ ।
दलको बैठकले आजको संसद बैठकमा सबै दलहरुसंग विश्वासको मत लिने र त्यसपछि मात्रै सरकारबारे आवश्यक निर्णय लिने निर्णय गरिएको माओवादी संसदीय दलका सचेतक रणसिंह परियारले जानकारी दिए ।
`अहिले विश्वासको मत लिएर जाने निर्णय भएको छ । मूल रुपमा केन्द्रमा भएको गठबन्धनलाई आधार मानेर कांग्रेसँग सहकार्य गरेर अगाडि बढ्ने कुरा भएको छ´ उनले भने ।
बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, माओवादी प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल सहभागी थिए ।
परियारले औपचारिक रुपमा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने कुरा अब नरहेको बताए । ‘मत सबैसँग माग्छौ, लिखित सहमति भने कसैसँग गरेका छैनौं,’ उनले भने ।
प्रतिक्रिया 4