
१७ चैत, काठमाडौं । गत मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा काठमाडौं १ बाट पराजित रमेश खरेल बारा २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवार हुने भएका छन् ।
रास्वपाको आन्तरिक प्रतिस्पर्धामा अन्य उम्मेदवारले रमेश खरेललाई समर्थन गरेपछि उनी पार्टीबाट निर्विरोध उम्मदवार बनेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
बारा २ मा खरेलसँगै युवराज न्यौपाने रास्वपाबाट उम्मदवार बन्न दाबेदार थिए ।
बारा २ मा उठ्न लागेका खरेल मंसिरको चुनावमा काठमाडौं १ मा पाँचौ भएका थिए । उनी मंसिरमा नेपाल सुशासन पार्टीबाट उम्मेदवार बनेका थिए ।
सप्तरी २ मा चुनाव हारेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र सर्लाही २ मा चुनाव हारेका लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले पनि बारा २ बाट उपनिर्वाचन लड्ने तयारी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4