
१७ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तनहुँ १ को उपनिर्वाचनमा प्रतापलाल श्रेष्ठलाई उम्मदवार बनाउने भएको छ ।
नेकपा एकीकृत समाजवादी तनहुँ जिल्ला कमिटीको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
गत मंसिरमा भएको चुनावमा नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसलाई समर्थन गरेको थियो ।
उपचुनावमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई उठ्दै छन् भने कांग्रेस छाडेका स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने तयारीमा छन् ।
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ १ मा १० वैशाखमा उपचुनाव हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4