
काठमाडौं । नेपाली ब्युटी पेजेन्टमा चर्चित नाम हो शुभेच्छा खड्का । सन् २०१२ मा मिस नेपाल इन्टरनेसनल उपाधि जितेपछि उनले पछि फर्केर हेर्नुपरेन । टेलिभिजनमा भिजे बनेपछि त उनको प्रसिद्धि अझै चुलियो । पेजेन्ट र टेलिभिजनपछि यतिबेला उनी फिल्म करिअरमा व्यस्त छिन् ।
‘रणवीर’ डेब्यु अभिनेत्रीले पहिलो फिल्मबाट उति चर्चा नपाए पनि यो फिल्मले उनमा अभिनयको भोक जगायो । उनको शीर्ष भूमिका रहेको लभस्टोरी ‘प्रेमा’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । ५ फिट ६ इन्च अग्ली शुभेच्छाको सौन्दर्य र फिगरबाट प्रभावित हुने फ्यान पनि धेरै छन् । ३० वर्षीय उनको सौन्दर्य निखारिंदै गएको छ ।
गत महिना मात्र प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी शुभेच्छाको एक–दुई वर्षभित्र विवाह गर्ने योजना छ । १७ वर्षको उमेरदेखि नै मोडलिङ करिअर सुरु गरेकी शुभेच्छा सन् २०१७ मा वल्र्ड मिस युनिभर्स नेपाल समेत घोषित भएकी थिइन् । अनलाइनखबरसँग कुरा गर्दै उनले आफूलाई सकारात्मक, मेहनती र असल मान्छेको रुपमा अथ्र्याउँछिन् ।
फिल्म करिअरलाई अघि बढाउने शुभेच्छाको योजना छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4