
फाइल तस्वीर
१७ चैत, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजमा कोभिड-१९ महामारीका कारण रोकिएको ‘स्न्याक्स’ वितरण पुनः सुरू गर्न वायुसेवा सञ्चालकहरुलाई अनुरोध गरेको छ ।
त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार कोभिड-१९ पछिको अवस्थामा सम्भव भएसम्म उडानमा स्न्याक्सको प्रवन्ध पुनः सुरू गर्न वायुसेवा सञ्चालकहरुलाई अनुरोध गरिएको छ ।
कोभिड-१९ अगाडिसम्म वायुसेवा कम्पनीहरुले यात्रुलाई पिउने पानीसँगै स्न्याक्स दिने गरेका थिए । तर, कोभिड-१९ पछि रोकिएको यस्तो सेवा कोभिड महामारी सामान्य भएको अवस्थामा समेत सूचारु भएको छैन । पछिल्लो समय यती एयरलाइन्सले भने चक्लेट वितरण गर्न थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4