
काठमाडौं । अभिनेता पल शाह फिचर्ड म्युजिक भिडियो ‘तिमीसँगै हुँदा’ सार्वजनिक भएको छ । निशा शर्मा अर्यालको शब्द रचनामा तयार पारिएको गीत युट्युवमा सार्वजनिक भएको हो ।
भिडियोलाई नृत्य निर्देशक समेत रहेका दिनेश पाख्रिनले निर्देशन गरेका हुन । जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई समेत फिचर्ड छिन् ।
रोमान्टिक गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रकाश मिश्रको मिक्सिङ छ । निशा शर्मा अर्यालको शब्दलाई राजु कार्कीले एरेन्ज गरेका हुन । गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर छ ।
गीत सर्लाहीको बागमती आसपास छांयाकन गरिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा फिल्मले सहयोग पुग्ने निर्माण पक्षले जनाएको छ । हेर्नूस गीत :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4