
१७ चैत, जनकपुरधाम । चुरे तथा वन जंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादव आमरण अनशन बसेका छन् ।
पाँच सुत्रीय मागसहित फागुन ११ देखि जनकपुरधामको जनकचोकमा अभियानका कार्यकर्ता धर्ना बसेका थिए । तर सरकार मागप्रति उदासिन रहेको भन्दै अध्यक्ष यादवले शुक्रबारदेखि आमरन अनशन सुरु गरेका हुन् ।
‘बिगतदेखि नै देशमा आफू मर्दैन वा अरुलाई मार्दैन तबसम्म सरकारले सुन्दैन । त्यसलै आज हामी मर्न बाध्य भएका छौं । हामी ज्यान बलिदान दिन तयार छौं’ अध्यक्ष यादवले भने, ‘मधेशका दलित भूमिहीनको भूमि अधिकार, चुरे वनजंगल संरक्षण लगायतका निम्ति आजदेखि म अन्नजल त्याग्ने गरी आमरण अनशन बसेको हुँ ।’
बिगतमा आमरण अनशन बस्दा मधेश सरकारले सम्झौता गरेको सातबुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा महतोलाई पर्यावरणीय शहिद घोषणा गर्नुपर्ने, अवैध क्रसर उद्योगहरुको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने, भूमिहिन तथा सुकुम्बासीको आवासको मौलिक हक पूरा गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी समस्या हल गर्नु पर्ने, स्थानीय तहको निर्वाचन गैर दलीय प्रतिस्पर्धा हुनु पर्ने लगायत अभियानको माग छ ।
विभिन्न माग राख्दै अभियान लामोसमयदेखि आन्दोलनरत्त छ । माग पूरा नभएसम्म आमरण अनशन जारी राख्ने अध्यक्ष यादव बताउँछन् ।
प्रतिक्रिया 4