
काठमाडौं । तपाईँ इन्टरनेट चलाउनका लागि गुगल क्रोम ब्राउजर चलाउनुहुन्छ भने एड्रेस बारमा pop-up blocked लेखिएको मेसेज देख्नुभएकै छ होला ।
हुनत क्रोमले डिफल्ट रुपमै कुनै पनि पप अपलाई स्क्रिनमा देखिनबाट रोकेको हुन्छ । तथापि कहिलेकाहीँ दिक्क लाग्दा यस्ता पपअप देखा पर्दछन् ।
यदि तपाईँले कुनै पनि वेबसाइटमा नोटिफिकेसन प्राप्त गर्ने फिचर सब्सक्राइब गर्नुभएको छ भने त्यसरी पप अप देखा पर्ने गर्दछन् ।
तर चिन्ता नगर्नुहोस् किनकि तपाईँले त्यस्ता नोटिफिकेसनलाई पपिङ आउट हुनबाट रोक्न सक्नुहुन्छ । गुगल क्रोममा पपअप रोक्ने उपाय :
कम्प्युटरमा default pop-ups & redirects settings परिवर्तन गर्ने
आफ्नो डेस्कटप वा पर्सनल कम्प्युटरमा क्रोम ब्राउजर खोल्नुहोस् ।
त्यसपछि More अप्सनमा क्लिक गर्नुहोस् र Settings मा जानुहोस् ।
Privacy and security मा क्लिक गर्नुहोस् Site Settings अनि तत् पश्चात् Pop-ups and redirects अप्सनमा क्लिक गर्नुहोस् ।
त्यसपछि आफूले डिफल्ट सेटिङग्स राख्न चाहेको अप्सन छान्नुहोस् ।
एन्ड्रोइड फोन वा ट्याबलेटमा पप अप On र off कसरी गर्ने ?
एन्ड्रोइड फोन र ट्याबलेटमा क्रोम एप खोल्नुहोस्
एड्रेस बारको दायाँ भागमा रहेको More Settings मा ट्याप गर्नुहोस्
त्यसपछि Permissions अनि Pop-ups and redirects मा ट्याप गर्नुहोस्
त्यहाँ तपाईँले Pop-ups and redirects लाई turn off गर्न सक्नुहुन्छ
तपाईँले निश्चित साइटहरुका लागि पप अपलाई Allow पनि गर्न सक्नुहुन्छ ।
कुनै निश्चित साइटका लागि नोटिफिकेसनलाई रोक्न वा अनुमति दिनका लागि यसो गर्नुहोस्ः
आफ्नो एन्ड्रोइड डिभाइसमा क्रोम एप खोल्नुहोस्
आफूले नोटिफिकेसन परिवर्तन गर्न चाहेको साइटमा जानुहोस्
एड्रेसबारको बायाँपट्टि रहेकोLock मा ट्याप गरी Permissions मा ट्याप गर्नुहोस्
यदि मेन्यू खुलेमा आफूले परिवर्तन गर्न चाहेको Settings रोज्नुहोस्
यदि मेन्यू खुलेन भने Permissions आफ्नो ओरिजिनल सेटिंग्समा रहेको बुझिन्छ ।
आइफोन तथा आइप्याडमा पप अप बन्द गर्न र खोल्न के गर्ने ?
आफ्नो आइफोन वा आइप्याडमा क्रोम एप खोल्नुहोस्
त्यसपछि More मा ट्याप गरी Settings मा जानुहोस्
अनि Content Settings मा ट्याप गर्नुहोस्
त्यसपछि Block Pop-ups मा ट्याप गरेर त्यसलाई On वा Off गर्न सकिन्छ
आइफोन/आइप्याडमा निश्चित साइटमा मात्र पप अपलाई कसरी अनुमति दिने ?
पप अप ब्लक भएको साइटमा जानुहोस्
पेजको पिँधमा रहेको Pop-ups blocked मा गई Always show अप्सनमा ट्याप गर्नुहोस्
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4