
Photo Credit : ATTA KENARE/AFP via Getty Images
१८ चैत, काठमाडौं । इरानको न्यायपालिका प्रमुख गुलाम हुसेन मोहसेनी एजेईले बुर्का नलगाउने महिलालाई विनादया कानुनी कारबाही गरिने अभिव्यक्ति दिएका छन् ।
बीबीसीका अनुसार गुलाम हुसेन मोहसेनी एजेईले भनेका छन्, बुर्काविना बाँच्नु इरानको धार्मिक मूल्य मान्यतालाई बेवास्ता गर्नु बराबर हो ।’
दुई दिनअघि इरानको आन्तरिक मन्त्रालयले अनिवार्य बुर्का लगाउने विषयमा यस्तै कडा धारणा अगाडि सारेको थियो ।
बुर्का लगाउनै पर्ने प्रचलनविरुद्ध अभिव्यक्ति दिएकी महसा अमिनी नामकी युवतीको मृत्यु भएपछि इरानभर विरोध प्रदर्शन भइरहेको छ ।
बुर्का अनिवार्य लागु गर्ने कार्यदलको हिरासतमा रहँदा महसा अमिनीको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4