
१८ चैत, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले शुक्लाफाँटा नगरपालिका-१० बस्ने १८ प्रबिन भन्ने ओम प्रकास ओली र वडा नम्बर ११ बस्ने १७ वर्षीय राजु बोहोरालाई शंकाका आधारमा जाँच गर्ने क्रममा लागुुऔषधसहित पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ० दशमलव ५४० ग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4