
फाइल फोटो
१९ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा जुवातास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँबस्तीको पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबासहित १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4