
१९ चैत, काठमाडौं । पाइलट बिरामी पछिपछि नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान ११ घण्टा डिले भएको छ ।
शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ । यो जहाज दुबई उड्ने क्रममा छ ।
निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार यस उडानमा तोकिएका एक पाइलटले बिरामी भएको रिर्पोटिङ गरेका थिए ।
विकल्पमा अर्को पाइलटसमेत उपलब्ध हुन नसकेपछि उडान ११ घण्टा सम्म डिले हुन पुगेको हो । ‘उडान रद्द भएको होइन, डिले भएको हो,’ उनले भने ।
वाइडबडी यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए । उनीहरुलाई राति विभिन्न होटेलमा राखी बिहान विमानस्थल पुर्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4