
काठमाडौं । हिमालय लोकस्टारका अन्तिम १० जना प्रतिस्पर्धी घोषणा गरिएको छ । लोकगायनमा आधारित यो रियालिटी शोका यी फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
अन्तिम १० मा बलराम विश्वकर्मा, विकास परियार, कमलराज जोशी, किरण बीसी, लोकमाया लिम्बू, पवित्रा मगर, पलबहादुर सिंह, पीएन साइँला, राजेन्द्र घर्ती मगर र सन्तोष क्षेत्री छन् । निर्देशक सिमोस सुनुवारले आगामी चरणमा दर्शकको भोट निर्णायक हुने भन्दै प्रतिस्पर्धा पनि रोचक हुने बताए । दर्शकले आफूलाई मनपरेका प्रतियोगीलाई जिताउन आईएमई पेमार्फत भोट पनि गर्न सक्छन् ।
हिमालय लोकस्टार प्रत्येक मंगलबार र बुधबार राति ८ बजे हिमालय टीभी एचडीबाट प्रसारण हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4