+
+

सांसद डाँगीको प्रश्न : म बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १३:५५

१९ चैत, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले संसद भवनमा प्रयोग भएका कुर्सीलगायतका पूर्वाधार नेपालमै बनेको हो कि अन्य देशबाट आयात भएको हो त्यसबारे सरकारसँग जानकारी माग गरेकी छन् ।

आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? कि नेपालमा नै बनेको हो ?’, उनले भनेकी छन्, ‘कुर्सीमा लागि जुन झगडा हुने गरेको छ । सभामुख र प्रधानमन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो ?’

सांसद डाँगीले सिंहदरवार, वालुवाटार, शितलनिवास र संसद भवनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गर्नुपर्ने बताएकी छन्।

‘सिंहदरवार, वालुवाटार, शितलनिवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौं । यहाँ प्रयोग हुने केर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ उनले भनिन् ।

आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ त्यसबारे पनि सदनलाई जानकारी गराउन उनको माग छ । आर्थिक वर्ष २०७८/०७९ मा ८८ हजार केजी टुथ पिक र करिब करिब २६ लाख बराबरको ट्वाइलेट पेपर भित्रिएको तथ्यांक प्रस्तुत गर्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

‘टुथपिक र ट्वाइलेट पेपरमा करिब ४१ करोड बराबर बाहिरिएको छ । यी उदाहरण हुन’ उनले भनेकी छन्, ‘टुथपेस्टदेखि स्याम्पुसम्म, मोबाइलदेखि कारसम्म हुँदा हुँदा चामलसम्म आयात । आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ ?’

आन्तरिक उत्पादन बढाउने नीति अंकमा देखिने गरी किन लागू नभएको हो समीक्षा गरी सुधार हुने गरी नीति बनाउने गरी छलफल चलाउन सरकारको ध्यानाकर्षण गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?