
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनि विक २०२३’ कार्यक्रम अनुसार बैंकको प्रादेशिक कार्यालय तथा २४ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।
यस कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरु, अविभावकहरु, शिक्षकहरु, सामाजिक कार्यकर्ताहरु, व्यवसायीहरु, बंैकका ग्राहकवर्गहरु लगायत सो स्थानका बासिन्दाहरुलाई बैंकिङ शिक्षाबारे जानकारी गराएका थिए ।
सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बंैक के हो, बंैकले प्रदान गर्ने विभिन्न सेवा–सुविधाहरु, बंैकिङ्ग बारे आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने तरिका, बचत गर्ने बानी सुधार गर्ने तरिका, बंैकले प्रवाह गर्ने विभिन्न कर्जा लगायत सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, कानूनीरुपमा गरिने रेमिट्यान्सको प्रक्रिया, कानून विपरितको हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान दिएका छन् ।
प्रतिक्रिया 4