
१९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानका उपायबारे सुझाव माग गरेको छ ।
नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायबारे अध्ययन गर्न समिति गठन गरेको छ ।
सो समितिले सरोकारवाला निकायबाट सुझाव माग गरेको हो । राष्ट्र बैंकको mfiss@nrb.org.np मा इमेल गरी सुझाव दिन सकिने भएको छ । लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र सो समस्या समाधान गर्न चाल्नु पर्ने कदमबारे सुझाव दिन सकिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4