१९ चैत, काठमाडौं । आज अप्रिल २ तारिख अर्थात अटिजम जागरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
अटिजम स्पेक्ट्रम डिसअर्डरको बारेमा चेतना जगाउन हरेक वर्ष अप्रिल २ मा विश्व अटिजम जागरण दिवस मनाइन्छ ।
यो दिन विश्वभरका व्यक्ति, संस्था र समुदायका लागि अटिजमको बुझाइ बढाउन, अटिजम भएका व्यक्तिहरूको अद्वितीय शक्तिलाई मनाउने र उनीहरूको अधिकारको वकालत गर्ने अवसर हो ।
दिवसकै अवसरमा नियो हेल्थ क्लिनिक, नियो चाइल्ड केयर सेन्टर, नेसनल हेल्थ केयर फाउन्डेसन र सेन्टर फर अटिजमको संयुक्त आयोजनामा वाकाथन र सभा गरिएको छ ।
माइतीघर मन्डलाबाट सुरु भएको वाकथन नेपाल मेडिकल एसोसिएसनको भवनमा गई सभामा समापन भएको थियो । कार्यक्रममा करिब २७० जना सहभागी थिए र विभिन्न विद्यालय, केन्द्र, क्लिनिक र संस्थाका प्रतिनिधिहरू थिए।
सहभागीहरुले अटिजम सम्बन्धी सचेतना र सहयोगको सन्देशसहितका रंगीन प्लेकार्ड बोकेर पूर्वनिर्धारित बाटोमा हिँडेका थिए ।
प्रतिक्रिया 4