
काठमाडौं । संसारमा करोडौं मानिसहरु दैनिक रुपमा व्यक्तिगत च्याट गर्नका लागि ह्वाट्सएपको प्रयोग गर्दछन् ।
मेटा स्वामित्वको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएप एक अर्कासँग जोडिनका लागि निकै सरल तथा भरपर्दो माध्यम बनिरहेको छ । कहिलेकाहीँ त हामीले हाम्रो अफिसको डेस्कटपमा समेत आफ्नो ह्वाट्सएप लगइन गर्छौँ ।
अफिसमा च्याट गरिरहेको समयमा यदि तपाईँले कुनै गोप्य च्याट गरिरहनु भएको छ र पछाडिबाट आएर कसैले त्यो च्याट पढ्यो भने के होला ?
त्यसैले यस्तो सम्भावित जोखिमपूर्ण परिस्थितिबाट जोगिनका लागि ह्वाट्सएपले प्रयोगकर्तालाई एउटा उपाय प्रदान गरेको छ । तपाईँले ह्वाट्सएपमा प्राइभेट च्याटलाई ब्लर गर्न सक्नुहुन्छ, ता कि तेश्रो व्यक्तिले सो च्याट पढ्न नसकोस् ।
ह्वाट्सएपमा प्राइभेट च्याटलाई ब्लर गर्नका लागि WA Web Plus नामक वेब एक्सटेन्सन निकै उपयोगी हुन्छ ।
क्रोम स्टोरमा रहेको यो एक्सटेन्सले ह्वाट्सएपमा तपाईँको हालको मेसेज, सम्पर्क नामहरु, सम्पर्क नम्बरमा रहेको तस्वीर तथा च्याट मेसेज लगायतलाई ब्लर गरिदिन्छ । जसले गर्दा अरु असैले त्यसलाई देख्न सक्दैनन् ।
त्यसका लागि यो तरिका अपनाउनुहोस् :
- क्रोम वेब स्टोर खोल्नुहोस् र WA Web Plus for WhatsApp खोज्नुहोस्
- उक्त एक्सटेन्सन फेला परेसँगै Add to Chrome बटनमा क्लिक गर्नुहोस्
- टूलबारमा एक्सटेन्सनका लागि एक नयाँ शर्टकर्ट देखिनेछ, ह्वाट्सएप लञ्च गर्नका लागि शर्टकटमा क्लिक गर्नुहोस्
- एक्सटेन्सनको मेन्यू खोल्नका लागि पुनः शर्टकटमा क्लिक गर्नुहोस्
WA Web Plus एक्सटेन्सनमा अरु धेरै फिचरहरु पनि जोडिएको छ । यसबाट आफु कम्प्युटर भन्दा टाढा जानुपर्दाको अवस्थामा च्याटलाई सुरक्षित राख्नका लागि लक स्क्रिन पासवर्ड पनि सेट गर्न सकिन्छ ।
यस्तोमा यदि ह्वाट्सएप विण्डो खुलै रहेमा पनि पासवर्ड नहालिकन कसैले पनि स्क्रिन खोल्न सक्दैन । साथै यो एक्सटेन्सनको सहयोगले तपाईँले आफ्नो डेस्कटप एपमा पिन सेट गर्न पनि सक्नुहुन्छ ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4