
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।
बैंकले मोबाइल बैंकिङ एप्लिकेसन–ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।
यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन् । १९ चैत २०७९ देखि १६ वैशाख २०८० सम्म सञ्चालन हुने यस योजनामा प्रति ग्राहक प्रति दिन एक कारेबारको क्यासब्याकका लागि योग्य हुनेछ ।
यस योजनाअन्तर्गत निम्नानुसार क्यासब्याक उपलब्ध हुनेछ ।
क्र.सं. | दिन | समय | प्रयोजन | क्यासब्याक |
१ | आइतबार | बेलुका ७-१० बजेसम्म | मोबाइल डाटा प्याक खरिद | २० प्रतिशतसम्म (अधिकतम रु. १००) |
२ | सोमबार | बेलुका ७-१० बजेसम्म | टिभीको बिल भुक्तानी | २० प्रतिशतसम्म (अधिकतम रु. १००) |
३ | मंगलबार | बेलुका ७-१० बजेसम्म | इन्टरनेटको बिल भुक्तानी | २० प्रतिशतसम्म(अधिकतम रु. १००) |
४ | बुधबार | बेलुका ७-१० बजेसम्म | हवाईजहाजको टिकट खरिद | २० प्रतिशतसम्म(अधिकतम रु. २००) |
५ | शनिबार | बिहान ७-७ बजेसम्म | केबलकारको टिकट खरिद | २० प्रतिशतसम्म (अधिकतम रु. २००) |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4